विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन वाँकी |

काठमाडौं । बिदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन वाँकी छ ।
मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल पुर्याई परिवारलाई बुझाइएको छ ।
विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ ।