मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन, मर्जरमा जाने संस्थालाई यस्ता सहुलियत |
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूलाई आपसमा गाभ्न प्रोत्साहन गरेको छ ।केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न सहुलियत दिएर आपसमा गाभ्न तथा गाभिन प्रोत्साहन गरेको हो ।
बैंक तथा वित्तीय संस्थाको पूँजीको आधार दरिलो बनाउन तथा जोखिम बहन क्षमता बढाउन मर्जरमा प्रोत्साहन गरेको हो ।
यस्ता छन् मर्जरमा जाने संस्थालाई प्रोत्साहन
- २०७८ असार मसान्तसम्म गाभ्नेरगाभिने नीतिगत व्यवस्था अनुरुप संयुक्त कारोबार गरेमा संयुक्त कारोबार थालेको समयदेखि अतिरिक्त २०७९ असार मसान्तसम्म अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशत विन्दु छुट दिइने।
- संस्थागत मुद्दति निक्षेप संकलनको सीमा १० प्रतिशत विन्दु बढाइने।
- यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत विन्दु थप गरिने।
- सञ्चालक तथा उच्च पदस्थ व्यक्तिहरु संस्था छोडेको ६ महिनासम्म केन्द्रिय बैंकबाट अनुमतिप्राप्त अन्य संस्थामा जान नपाउने व्यवस्था लागु नहुने।
- संस्थागत निक्षेपकर्ताहरुले राख्ने बैंक अनुसारको निक्षेपको सीमा समायोजन गर्न सम्बन्धित संस्थाहरुसँग समन्वय गरिने।
केन्द्रिय बैंकले ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा एउटै व्यक्तिद्वारा प्रबद्र्धित तथा अप्रत्यक्ष रुपमा स्वमीत्व नियन्त्रणमा रहेक तथा व्यवसायीक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थालाई आमपसमा गाभिने उल्लेख छ।


