बेलायतमा कोरोना संक्रमित ४० हजार ४६५ को मृत्यु |
बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ संक्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ ।
विगत २४ घण्टामा थप २०४ कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु भएको बेलायतले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको संक्रमणका कारण संक्रमित तथा मृत्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।


