एकदिनमा १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो |
काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
Visited 3 times, 1 visit(s) today


