सीमा अतिक्रमणविरुद्ध सभामुखद्वारा सरकारकोे विशेष ध्यानाकर्षण |
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सिमा अतिक्रमण विरुद्ध सांसदहरुले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाली भुमि माथिको भारतीय अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न र सिमा विवादको दीर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
आगामी आर्थिक बर्ष २०७७ ∕७८ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेको भएपनि संवेदनशीलय विषय भएकाले भारतीय अतिक्रमण विरुद्ध सांसदहरुलाई शुन्य समयमा धारणा राख्न सभामुखले समय दिएका थिए ।
शुन्य समयमा धारणा राख्ने अधिकांश सांसहरुले सिमाविवाद समाधानका लागि चीन समेतको त्रिदेशीय वार्ता गर्न र समाधान नभए अन्तराष्ट्रिय अदालत जान सरकारलाई सुझाएका थिए । शुन्य समयमा सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि सभामुख सापकोटाले ती विषयमा सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।
“माननीय सदस्यहरु, यो बीचमा सुन्य समयमा बहुआयामिक महत्वका प्रश्नहरु माननीय सदस्यहरुले उठाउनुभएको छ । यी प्रश्नहरुमा नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउँछु । ” सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराएका थिए ।


