उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान, उत्तरले पहिला किन दक्षिणतर्फ गोली हान्यो खुल्न वाँकी |
उत्तर र दक्षिण कोरियाको सीमामा आइतबार बिहान गोली हानाहान भएको छ ।
दक्षिण कोरियाले स्थानीय समयअनुसार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको दाबी गरेको छ । जवाफमा दक्षिणले पनि गोली हानेको हो । गोली हानाहानमा कोही घाइते भने भएका छैनन् ।
उत्तर कोरियाली नेता किम जोङ उन झन्डै तीन सातापछि सार्वजनिक भएको अर्को दिन उत्तरले दक्षिण कोरियातर्फ गोली हानेको हो ।
पछिल्लो समय उत्तर दक्षिण कोरियाबीच तनावको वातावरण केही मत्थर भएको थियो ।
राष्ट्रपति मुन जाइ इन आफैं सीमावर्ती गाउँमा पुगेर उत्तर कोरियाली नेता उनसँग भेटवार्ता गरेका थिए ।
उत्तरले आइतबार किन दक्षिणतर्फ गोली हान्यो भन्ने खुलिसकेको छैन ।



