बढी मूल्य लिएको कसुरमा भाटभटेनीलाई ३ लाख जरिवाना |
काठमाडौं । भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले जरिबाना गरेको छ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएको थियो ।
विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गरिएको जानकारी दिएको छ ।
लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमन जारी राखेको छ ।
उपभोग्य वस्तुको कारोबार हुने बजार तथा पसलमा अनुगमनलाई तीव्रता दिइएको विभागले जानकारी दिएको छ ।
भाटभटेनी सुपरमार्केट टंगालले उपभोग्य सामानमा एम.आर.पी. भन्दा वढीमूल्य लिइ बिक्रीगरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५को१६(२)(क)बमोजिम काम गरेकोले३८(ङ) को कसुरमा ३९ (१)(ख) वमोजिम रु ३ लाख जरिवाना गरिएको ।


