सिङ्गापुरबाट स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जहाज काठमाडौं ओर्लियो |
काठमाडौं। सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
बिहीबार बिहान सिङ्गापुर प्रस्थान गरेको श्रीको जहाज हिजै साँझ फर्कने तालिका रहे पनि प्रतिकूल मौसमका कारण शुक्रबार फर्किएको हो । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो ।
कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जहाजले सरकारी ५० केजी र कमर्सियल कार्गो ११९ केजी स्वास्थ्य सामग्री ल्याएइको जानकारी दिए । स्वास्थ्य सामग्री निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयका लागि ल्याएको र स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today


