कोरोना जितेर घर फर्किने संख्या १० पुग्यो, ६५ वर्षीया महिला भइन डिस्चार्ज |
काठमाडौं । बिहीबार कैलालीस्थित सेती अञ्चल अस्पतालबाट ६५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारपछि निको भएर डिस्चार्ज गरिएको छ ।
योसहित नेपालमा निको हुनेहरुको संख्या १० पुगेको छ । वीरगञ्जमा चिया पसल गरेर बस्ने ती महिला लकडाउन हुनुअघि कैलाली पुगेकी थिइन् ।
त्यहाँ रहँदा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनी निको भएर घर फर्किएको अस्पतालले जनाएको छ ।
सेती अञ्चल अस्पतालमा अब एकजना संक्रमितको मात्र उपचार भैरहेको छ । यसअघि ९ जना निको भएर फर्किसकेका छन् ।



