अमेरिकी नौसैनिक जहाजमा कोरोना संक्रमण, एक सैनिकको मृत्यु, ५८५ जना संक्रमित |
एक अमेरिकी नौसैनिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनी कोरोनाका कारण मृत्यु हुने पहिलो सक्रिय अमेरिकी सेवा सदस्य हुन् ।
आफ्नो क्वार्टरमा लापरवाही साथ बसेका उनमा स्वास्थ्य समस्या देखिएपछि अप्रिल ९ मा आइसियूमा भर्ना गरिएको थियो ।
ठिक १४ दिन अगाडि मार्च ३० मा उनलाई कोरोना भएको पुष्टि भएको थियो ।
‘युद्ध, शान्ति र अहिले कोभिड १९ को अपरिचित महामारीको समयमा समेत राष्ट्र सेवामा खटेका हाम्रा नाविक र मरिनरहरुको समर्पण र प्रतिबद्धताबारे म परिचित छु,’ कार्यवाहक नौसेना सचिव जेम्स म्याकफेर्सनले जारी विज्ञप्तिमा भनेका छन्, ‘उनीहरुको मिहिनेतप्रति आभार छु र उनीहरुको सुरक्षाका लागि समर्थन गर्नेछु ।’
ती नाविक थिओडर रुजवेल्टका अमेरिकी विमान वाहकहरुको सम्पर्कमा आएका थिए। रुजवेल्टका ४,८०० चालकदल मध्ये १२५ मा कोरोना भाइरसको स्पष्ट लक्षण पुष्टि भएको छ ।
यो रिपोर्टबाट अमेरिकी सेनामा महामारीले कसरी असर गरिरहेको छ भन्ने बुझ्न सकिन्छ ।
अमेरिकी अधिकारीहरुले रोयटर्ससँग थप ४ संक्रमित चालकहरु अस्पताल भर्ना गरिएका बताएका छन् ।
हाल उनीहरुको स्वास्थ्य स्थिर छ । उनीहरू रहेको सो आणविक शक्तिवाहकमा रहेका थप ५८५ मा समेत संक्रमण देखिएको छ ।
यसमध्ये ४२८ मा लक्षण नदेखिएपनि संक्रमित छन् भने बाँकी १५७ मा कोरोना लक्षण देखिएको जानकारी अधिकारीले दिएका छन् ।
कोरोना संक्रमण हुने डरका कारण सोमबारबाट बाँकी विमान भने समुन्द्र तट मै रहने घोषणा गरिएको छ । अमेरिकी कमान्डर वाइस एडमिरल एन्ड्रयू लुइसका अनुसार वाहक र उनीहरुका परिवारलाई भने तीन हप्तामा जानकारी दिइनेछ ।


