हरपल फुड्सका अध्यक्ष जनक धामीद्वारा खाद्यान्न सहयोग |
काठमाडौं । हरपल फुड्सका अध्यक्ष युवा व्यवसायी एवं समाजसेवी जनक बहादुर धामीको अगुवाइमा बर्दिया क्षेत्र नं. २ ख बाट तथा कालीकोटबाट काठमाडौं आई बसोवास गरी बिभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
कोरोनाभाइरसका कारण आर्थिक अभावमा परेका करीव ३५० जनाभन्दा बढी मजदुर तथा कामदार एवं बिपन्न बर्गलाई काठमाडौंका बिभिन्न क्षेत्रमा गएर खाद्यान्न (चामल, दाल, नुन, तेल, मस्यौरा)लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।
बिगत १९ दिनदेखि सरकारद्वारा गरिएको लकडाउनका कारण बिशेष गरी दैनिक ज्याला मजदुरी गर्ने कामदार तथा मानिसहरु सबैभन्दा बढी मारमा परेको देखिएको छ । यस्तो अवस्थामा हरपल फुड्स सदैव सहयोगको हातहरु अगाढि बडाउँदै आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउन कै लागि उनले बर्दिया जिल्ला क्षेत्र नं. २ अन्र्तगतको गेरुवा गाउँपालिकाको स्थानीय राहत कोषमा एक लाख एक हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।


