सानिमा बैंकका ग्राहकहरुलाई दराज क्येमू अनलाइनबाट सामान खरिद गर्दा विशेष छुट |
काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज क्येमू प्रालिबीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
दराज अनलाइनमा उल्लेख गरिएकोे र बिग मार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १०% वा अधिकतम रु ५००÷ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यसका साथै रु १ हजार ५ सयभन्दा माथिको खरिदमा निːशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।
यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले आउँदो चैत्र २६ गतेसम्म दराज (Web/Apps) मार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्ने छ ।


