पोखरा आइपुग्यो पिसिआर मेसिन, १ घण्टामै कोरोना परीक्षणको नतिजा |
काठमाडौं । सरकारले चीनबाट ल्याएको कोरोना परिक्षण गर्ने पिसिआर मेसिन, किट, पिपिई, एन ९५ मास्क लगायतका सामाग्री मंगलबार हेलिकप्टरबाट पोखरा झारिएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उक्त मेसिन अहिले काठमाडौंबाट आएको विज्ञ टोलीले जडान गर्दैछ।
मेसिन जडान भएपछि कोरोना भाइरसको परीक्षण शुरु गर्नै प्रतिष्ठानका उपकुलपति ड. बुद्धिबहादुर थापाले बताए। उनका अनुसार, कोरोना भाइरसको परीक्षणको नतिजा १ घण्टामै आउनेछ।


