घोराहीका साना तथा मझौला ब्यापारीलाई सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम |
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
फागुन १८ गते बैंकले दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिइएको थियो ।
उनीहरुलाई व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।
देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बैंकले जनाएको छ ।


