खल्ती र सिटी एक्सप्रेसबीच वेवसाईटबाटै रेमिट्यान्स सेवा दिने सम्झौता |
काठमाडौँ । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच खल्ती एप तथा वेवसाईटबाटै रेमिट्यान्स सेवा दिनेसम्बन्धि सम्झौता भएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् ।
सम्झौताअनुसार अब खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले पठाउन चाहेको रकम सजिलै पठाउन सकिने छ ।
यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएसमार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् ।
प्राप्तकर्ताले सिटी एक्सप्रेसका देशैभरी रहेका ७५०० भन्दा बढी रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सरल रुपमा पैसा निकाल्न सक्ने बताइएकाे छ ।


