‘बिओके सहज बचत खाता’ सार्वजनिक, कस्ता छन् सुविधाहरु ? |
काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकहरुको आवश्यकता तथा ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गर्दै ‘बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ ।
ग्राहक महानुभावसँगको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको जनाएको छ । ‘२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहकहरुले मात्र २५ मा नै खोल्न सक्नेछन् ।
उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन । उक्त बचत खाताका विशेषताहरु यस्ता छन ।
-वार्षिक ६% ब्याजदर
-न्यूनतम् मौज्दात रु २५ मात्र
-त्रैमासिक ब्याज भुक्तानीको सुबिधा
-पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था
-पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था
-पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था
साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहकहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ ।


