माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभमा सम्मानित
काठमाडौं । भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक लिमिटेडले एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ विजनेश– एशोसियट क्लायन्ट अवार्ड प्राप्त गरेको छ ।
पीओएस एक्वायरिङ विजनेश अन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदर स्वरूप प्रदान गरिएको छ । यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ ।
यस अवार्डसँगै भिसाबाट माछापुच्छ्रे बैंकले लगातार तेस्रो पटक सम्मान प्राप्त गरेको छ । यसअघि बैंकले सन् २०२४ मा एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ विजनेश र सन् २०२३ मा एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ – एशोसियट मेम्बर अवार्ड प्राप्त गरेको थियो ।
भिसाबाट प्राप्त यो निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
माछापुच्छ्रे बैंक यसअघि पनि Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा Platinum Award र Indian Chamber of Commerce द्वारा आयोजितFourth Emerging Asia Banking Conclave and Awards 2026 मा ‘Best Performance on Risk Management’ लगायत अन्य अन्तराष्ट्रिय पुरष्कारहरु द्वारा सम्मानित भएको छ ।



