मिथिला लघुवित्तद्वारा एक दिने निːशुल्क स्वास्थ्य शिविर संचालन |
धनुषा । धनुषाको ढल्केवर केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत धनुषाको सबैला न.पा.–२, स्थीत श्री जनता मा.बी. सिमराढी गढीको प्राङगणमा माघ २९ गते बुधवार एक दिने निːशुल्क स्वास्थ्य शिविर संचालन गर्याे ।
गत बर्ष विभिन्न शाखा कार्यालयहरुमा आँखा शिविर सञ्चालन गरि सामाजिक सेवा गरेको संस्थाले यस बर्ष श्री जानकी मेडिकल कलेज, रामदैयाको सहकार्यमा विभिन्न सेवाहरु सहित करिब ४२५ जना विरामीहरुको जाँच गरि सेवा पुर्याएको हो ।

विहान ९ बजे देखि ४ बजे सम्म सञ्चालन भएको निːशुल्क स्वास्थ्य शिविरमा सबैला, हंशपुर र यदुकुहा नगरपालिकाका विरामीहरुको उपस्थिती रहेको थियो । सो शिविरमा जनता मा.वि.का विद्यार्थी तथा शिक्षकहरुको समेत आँखा तथा अन्य रोगहरुको निːशुल्क जाँच गरिएको थियो ।
शिविरमा हाड जोर्नी तथा नसा, स्त्री तथा प्रसुती, यौन तथा छाला, दाँत, आँखा, बाल रोग लगाएत जेनरल मेडिसिन, जेनरल सर्जन सम्वन्धी जाँच गर्नुको साथै प्याथोलोजि र ईसीजी सेवा समेत प्रदान गरिएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउत, नायव प्रमुख कार्यकारी अधिकृत महेश कुमार चौधरी विभागिय प्रमुख रेशम प्रसाद वास्तोला लगाएत कर्मचारहिरुको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । संस्थाको हाल ३३ शाखा सञ्चालनमा रहेका छन ।
Visited 1 times, 1 visit(s) today


