आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा पुगेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर भने १५१ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको बिक्रीदर १७० रुपैयाँ ६८ पैसा र खरिददर १७० रुपैयाँ १ पैसा निर्धारण गरिएको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर २०४ रुपैयाँ २२ पैसा र खरिददर २०३ रुपैयाँ ४१ पैसा रहेको छ ।
स्विस फ्र्याङ्क एकको बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा र खरिददर १८४ रुपैयाँ ६० पैसा छ । अस्ट्रेलियन डलर एकको बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा र खरिददर १०६ रुपैयाँ ४० पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा र खरिददर १०८ रुपैयाँ ५१ पैसा छ । सिंगापुर डलर एकको बिक्रीदर ११९ रुपैयाँ र खरिददर ११८ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
त्यस्तै, जापानी येन १० वटाको बिक्रीदर ९ रुपैयाँ ६३ पैसा र खरिददर ९ रुपैयाँ ५९ पैसा छ । चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ८९ पैसा र खरिददर २२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
वाणिज्य बैंकहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमयदर भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुन सक्ने जनाइएको छ ।





