सुनचाँदी दुवैको मूल्य बढ्यो
काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५० रूपैयाँ कायम भएकोमा आज ७० रूपैयाँले बढेर ३ हजार ७२० रूपैयाँ कायम भएको छ ।




