लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई नियुक्त
काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेद भट्टराई नियुक्त भएका हुन् ।
असोज २७ गते बसेको बैंक सञ्चालक समितिको ३३० औँ बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कार्तिक १५ देखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टराई बैंकको सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए ।




