ग्लोबल आइएमई बैंकको नयाँ शाखा गाइघाटको जोगीदहमा |
उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेड गाइघाट शाखाले उदयपुरको त्रियुगा नगरपालिका अन्र्तगत जोगीदहमा नयाँ शाखा संञ्चालन गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुबीच अत्याधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायिक प्रतिनिधिहरुको माध्यमबाट सहज किसिमले वित्तीय पहुंच पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा संञ्चालनमा ल्याएको हो ।
त्रियुगा नगरपालिका वडा नंं. १ का वडा अध्यक्ष मनोज कुमार चौधरी र त्रियुगा नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष घमान सिंह खत्रीले नयाँ शाखाको उद्घाटन गरेका थिए भने कार्यक्रममा बैंकका तर्फबाट गाईघाट शाखाका शाखा प्रबन्धक रबिनराज दाहालले बैंक तथा शाखा रहित बैंकिङ्ग सेवा सम्बन्धि जानकारी गराएका थिए ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६८ शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४८ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय माफर्त आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।



