कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो।
मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।



