‘राजनीतिका लागि राजनीति होइन, समृद्धि मुख्य लक्ष्य’: कांग्रेस उपसभापतिमा विनोद चौधरी किन ?
काठमाडौँ । उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १५औँ महाधिवेशनमा समावेशी समूह (मधेशी/व्यापारिक-आर्थिक क्षेत्रको प्रतिनिधित्व) तर्फबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
परम्परागत राजनीतिबाट माथि उठेर मुलुकलाई तीव्र आर्थिक वृद्धि र समृद्धितर्फ लैजाने उद्देश्यका साथ आफूले शीर्ष नेतृत्व तहमा दाबी प्रस्तुत गरेको चौधरीले स्पष्ट पारेका छन्।
उम्मेदवारीका मुख्य कारण तथा प्राथमिकताहरू
निराशातर्फ अगाडि बढिरहेको नेपाली समाजमा नयाँ आशा र नयाँ विश्वास श्रृजना गर्न
नेपाली कांग्रेसको नेतृत्वमा युवा नेतालाई स्थापित गर्न
राजनीतिक स्वतन्त्रताको नेतृत्व गर्ने गौरवशाली इतिहास भएको नेपाली कांग्रेसलाई आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने पार्टीका रुपमा स्थापित गरि नयाँ इतिहास लेख्न
राजनीति र अर्थनीतिलाई सँगसँगै अगाडि बढाउन
बिपी कोइरालाको दूरदर्शी राजनीतिक सोंच र सूवर्ण शमसेर जवराको आर्थिक विकासको नीतिलाई संयोजन गर्दै नेपाली कांग्रेसलाई नयाँ उचाईमा पुर्याउन
समुन्नत नेपाल निर्माण गर्ने आदरणीय पार्टी सभापति गगन कुमार थापाको सोंचलाई सहि अर्थमा कार्यान्वयन गर्न
नेपाली कांग्रेसको सरकारले २०४८ सालमा शुरू गरेको तर बीचमा अवरुद्ध भएको आर्थिक सुधारलाई वर्तमान समयको आवस्यकता अनुरूप तिब्र गतिमा अगाडि बढाउन
नेपाली कांग्रेसलाई वर्तमान विश्व परिवेश अनुकुल रुपान्तरण भएको आधुनिक प्रविधियुक्त पार्टीका रुपमा स्थापित गर्न
देशका युवाहरूलाई सूचना प्रविधि, आर्टिफिसियन इन्टेलिजेन्ससँग आवद्ध गराउदै देशलाई डिजिटल इकोनोमीतर्फ अगाडि बढाउन
जेन–जी मूभमेन्टको मर्मलाई आत्मसाथ गर्दै युवाहरुका आकांक्षालाई सम्बोधन गर्न
राजनीतिको केन्द्रमा आर्थिक विकासका एजेण्डा स्थापित गर्न
समावेशी विकास र तीव्र आर्थिक बृद्धिदरका माध्यमद्वारा आर्थिक विकासलाई कांग्रेसको मुख्य प्राथमिकता बनाउन
युवाहरुका लागि स्टार्टअपका पर्याप्त अवसरहरू श्रृजना गर्न
देशमा आन्तरिक लगानीकर्तालाई विना अवरोध लगानीको वातारण तयार गर्न
भ्रष्टाचारको अन्त्य र शुसासनको पक्षमा काम गर्न
नेपाललाई प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण केन्द्र बनाउन
प्रत्येक बर्ष रोजगार बजारमा आउने साढे पाँच लाख युवाहरुलाई देशमै रोजगारीका अवसर श्रृजना गर्न सम्भव छ भनेर काम गर्न
क्षेत्रिय आर्थिक असमानता घटाउनका लागि प्रदेश र स्थानीय तहमा उद्योग तथा रोजगारी विस्तार गर्न
सीमान्तकृत र पिछडिएका समुदायलाई आर्थिक अवसरमा जोड्न, उद्यमशीलता, सीप र वित्तीय पहुँचमार्फत आर्थिक सशक्तीकरण गर्न
पार्टीभित्र पुस्तान्तरण, पुस्ताबीच सहकार्य, अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोडेर आधुनिक कांग्रेस निर्माण गर्न
नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, कार्यकर्ताको सम्मान र नागरिकप्रतिको जवाफदेहितालाई पार्टी संस्कृतिको आधार बनाउन



