हिमालयन बैंक र म्याक्स मनि एसडीएनवीएचडी बीच रेमिट्यान्स भुक्तानीको सम्झौता |
काठमाडौं । हिमालयन बैंक र रेमिट्यान्सको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्समनि एसडीएनवीएचडीबीच रेमिट्यान्स भुक्तानीसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट रेमिट्यान्स सेवा पुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरे ।
हिमालयन बैंक र म्याक्समनिले अगामि दिनमा पनि सम्झौता पत्रमा उल्लेखित प्रावधानहरु रहेर अघि बढ्ने बताएका छन् ।


