रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं ,कमलादी स्थित रुस्काज् ब्युटि स्टुडियो र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा (Hair cutting,Threading , Beauty related classes Hairchemical, Facial & Skin Treatment, Nail/Manicure/Pedicure/WaxingMake up & Make up package and cosmetic/Skin care Product)विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख प्रदेश अधिकारी बागमती प्रदेश (३) प्रचिता श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियोमा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५% देखि २०% सम्म र कर्मचारीहरुलाई ५% देखि ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।



