अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी निर्धारण गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ घटेको छ । युरोपियन युरोको भाउ भने हिजोको तुलनामा आज बढेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको थियो ।
आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा थियो ।
पाउन्ड स्टर्लिङको भाउ आज बढेको छ । आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा थियो ।
आज स्वीस स्वीस फ्र्यांकको मूल्य भने घटेको छ । आज स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा थियो ।
अन्य विदेशी मुद्राको भाउ यस्तो छ
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा छ ।
क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा छ ।
सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ३५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा छ ।
यसैगरी युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८३ पैसा तोकिएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा छ ।
यस्तै साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३० पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा कायम छ ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५ रुपैयाँ ४० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा तोकेको छ ।
कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ १३ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ०७ पैसा छ भने बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ९४ पैसा बिक्रीदर ४०७ रुपैयाँ ५३ पैसा छ ।
ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।



