हिन्दू कानून विद्यार्थी परिषद्को छलफल तथा विमर्श कार्यक्रम सम्पन्न
काठमाडौं। काठमाडौंको कालिकास्थानस्थित अमृतभोग कम्प्लेक्सको सभाहलमा हिन्दू कानून विद्यार्थी परिषद्को छलफल तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ।
आइतबार साँझ आयोजित कार्यक्रममा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका संयोजक तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारी र हिन्दू स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय सङ्घचालक तथा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिनाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालका विभिन्न १५ वटा कलेज तथा क्याम्पसमा कानून विषय अध्ययनरत करिब ८० जना विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता नेपाल ल क्याम्पसमा अध्ययनरत जयकुमार गुप्ताले गर्नुभएको थियो।
कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमार रेग्मी तथा पूर्व कर्मचारी सेवा परिषद् नेपालका केन्द्रीय महासचिव गोविन्दमणि भुर्तेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
छलफलका क्रममा हिन्दू धर्म, संस्कृति, संस्कार, रीतिरिवाज तथा परम्पराको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका विषयमा विचार–विमर्श गरिएको थियो। साथै कानून अध्ययनरत हिन्दू विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको अध्ययन, क्षमता विकास तथा सामाजिक र कानूनी क्षेत्रमा सक्रिय सहभागिताका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले कानून अध्ययनसँगै सामाजिक उत्तरदायित्व, सांस्कृतिक चेतना र कानूनी क्षेत्रमा विद्यार्थीहरूको भूमिकाका विषयमा समेत धारणा राखेका थिए। कार्यक्रमले कानून अध्ययनरत विद्यार्थीहरूबीच आपसी समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्य राखेको थियो।