एलोई हर्बलको आउटलेट काठमाडौंमा, ब्राण्ड एम्बेस्डरमा सुरक्षा केसी
काठमाडौं । कोरियन प्रविधिमा आधारित ब्यूटी र वेलनेस प्रडक्ट उत्पादन गर्दै आइरहेको एलोई हर्बलको आउटलेट काठमाडौंमा खुलेको छ। स्वदेशी लगानीमा ४ वर्षअघि विराटनगरमा उद्योग स्थापना गरेर ब्यूटी र वेलनेस प्रडक्ट उत्पादन गर्दै आइरहेको एलोई हर्बलले काठमाडौंको धुमबराहीमा आउटलेट स्थापना गरेको हो।
कोरियन फर्मुलेसनमा आधारित नेपाली छाला सुहाउँदो ब्यूटी प्रडक्ट उत्पादन गर्दै आइरहेको एलोई हर्बलले विराटनगरमा उद्योग राखेर उत्पादन गर्दै आइरहेको छ। बजारमा कोरियन, भारतीय र अन्य मुलुकको उत्पादनको विगविगी हुँदा पनि एलोई हर्बलले नेपाली उत्पादनकारुपमा बजारमा प्रतिस्पर्धा गरिरहेको छ।
विराटनगरमा ४० जना कर्मचारी राखेर प्रडक्ट उत्पादन गर्दै आइरहेको छ। यही उद्योगले अब काठमाडौंको धुमबराहीमा आउटलेट नै स्थापना गरेर आफ्ना सेवाग्राहीलाई सेवा दिन लागेको हो। एलोई हर्बलले आउटलेटमार्फत उत्पादिन ब्यूटी प्रडक्टसहित स्किन टेस्ट, कन्सलट्यान्ट लगायतको सेवा समेत उपलब्ध गराउनेछ।
राइडर तथा मोटो भ्लगर सुरक्षा केसी ब्राण्ड एम्बेस्डर रहेको एलोई हर्बलको पहिलो आउटलेट पनि केसीले नै उद्घाटन गरिन्। आउटलेट उद्घाटनका क्रममा एलोई हर्बलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल काफ्लेले एलोई हर्बल करोडौंको लगानीमा स्थापित स्वदेशी उत्पादन भएको बताए।
नेपालमा ब्यूटी प्रडक्टको बजार बढ्दो अवस्थामा छ। ‘यही अवस्थामा स्वदेशी लगानीमा नै विराटनगरमा उद्योग स्थापना गरेर देशमा नै केही गरौं भनेर एलोई हर्बलमा लगानी गरेर सञ्चालनमा ल्याइरहेका छौं,’ उनले आउटलेट उद्घाटनको क्रममा भने, ‘विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्दै प्रयोगकर्तालाई गुणस्तरीय उत्पादन दिन हामि तत्पर छौं।’
धुमबराहीको आउटलेट सञ्चालनमा ल्याउन साथ अब विराटनगरमा नै अर्को आउटलेट स्थापनाको तयारीमा एलोई हर्बल छ। स्वदेशी उद्योग र उत्पादनलाई प्रबद्र्धन गर्नुपर्ने र यसका लागि सरकारले समेत ब्यूटी प्रडक्ट उत्पादक उद्योगीको आवाज सुन्नुपर्ने काफ्ले बताउँछन्।



