पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।
उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो ।
काठमाडौंको महाराजगञ्जस्थित घरबाटै उनी गएराति पक्राउ परेका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालय स्रोतले यसबाहेक थप विवरण भने दिएको छैन ।
वकालत पेशा गरिरहेका चोलेन्द्र २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भएका थिए ।
पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।



