ओप्पोले नेपालमा सार्वजनिक गर्यो ‘रेनो १६’ सिरिज, भव्य फेसन शोसँगै विशेष ‘ओप्पो बबल’ अफर
काठमाडौँ । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ ‘रेनो १६’ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । यस सिरिजअन्तर्गत ओप्पो ‘रेनो १६’ र ‘रेनो १६ एफ’ समावेश गरिएका छन् ।
प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एउटै मञ्चमा प्रस्तुत गर्दै आयोजना गरिएको एक भव्य फेसन शोमार्फत यी स्मार्टफोनहरूको अनावरण गरिएको हो । कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी सीईओ प्रतिमा अधिकारी र नेपालकी पहिलो महिला मोटो भ्लगर सुरक्षा केसीले फोनका विभिन्न विशेषता र प्रयोगका अनुभवहरू प्रस्तुत गरेका थिए ।
कम्पनीले रेनो १६ सिरिजसँगै ‘ओप्पो बबल’ नामक चुम्बकीय सहायक उपकरण (म्याग्नेटिक एक्सेसरी) पनि बजारमा ल्याएको छ । यसले पछाडिको क्यामेराको पूर्वावलोकन स्क्रिन, रिमोट सटर तथा व्यक्तिगत सामग्री डिस्प्ले गर्ने सुविधा प्रदान गर्दछ ।
१५ हजार ९ सय ९९ रुपैयाँ अधिकतम खुद्रा मूल्य रहेको ओप्पो बबललाई प्रवर्द्धन अवधिभर विशेष मूल्य ९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
रेनो १६ सिरिजमा ओप्पोको थ्रीडी पप प्लानेट डिजाइन प्रयोग गरिएको छ, जसको पप ह्वाइट भेरिएन्टमा उद्योगकै पहिलो भनिएको होलोभर्स थ्रीडी प्रविधि समावेश छ । रेनो १६ मा ६.३२ इन्चको कम्प्याक्ट डिस्प्ले र रेनो १६ एफमा ६.६७ इन्चको ठूलो डिस्प्ले रहेको छ ।
फोटोग्राफीका लागि दुवै मोडेलमा १०० डिग्रीको वाइड एंगलसहितको ५० मेगापिक्सेल अल्ट्रा-वाइड सेल्फी क्यामेरा, ओआईएससहितको ट्रिपल रियर क्यामेरा, ३.५ गुणा अप्टिकल जुमसहितको टेलिफोटो पोट्रेट र अल्ट्रा-वाइड क्यामेरा दिइएको छ ।
साथै, पप क्याम, एआई रिमिक्स कोलाज, पपआउट कोलाज २.०, ४के अटो स्ट्रेटन भिडियो र डुअल भ्यु भिडियो २.० जस्ता रचनात्मक फिचरहरू पनि उपलब्ध छन् ।

कलरओएस १६ मा सञ्चालन हुने यस सिरिजमा एआई स्न्याप की, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट लगायतका आर्टिफिसियल इन्टेलिजेन्स सुविधाहरू समेटिएका छन् । ब्याट्रीतर्फ रेनो १६ मा ६,७०० एमएएच र रेनो १६ एफमा ७,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्ट गर्छन् ।
रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ । फोनलाई पानी र धुलोबाट जोगाउन आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ प्रदान गरिएको छ भने स्प्ल्यास टच र ग्लोभ टच सुविधा पनि यसमा उपलब्ध छ ।
नेपाली बजारमा ओप्पो रेनो १६ फाइभजीको मूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ र रेनो १६ एफ फाइभजीको मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । दुवै फोन पप ह्वाइट र ट्वाइलाइट भायोलेट रङमा आधिकारिक रिटेल च्यानलमार्फत खरिद गर्न सकिनेछ ।
कम्पनीले सुरुवाती ५०० ग्राहकलाई ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क दिने, कम्प्लिट फोन रिप्लेसमेन्ट, फोन मर्मत हुन नसकेको खण्डमा २ महिनाको अतिरिक्त बिक्रीपछिको वारेन्टी तथा विशेष छुटमा ओप्पो बबल उपलब्ध गराउने जस्ता अफरहरू सार्वजनिक गरेको छ ।



