प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग
काठमाडौं । रिद्धी सिद्धि र सौर्य सिमेन्ट परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
जसमा रिद्धी सिद्धि सिमेन्टले ५१ लाख र सौर्य सिमेन्टले ५० लाख गरी कुल १ करोड १ लाख सहयोग गरेको हो ।
रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारका तर्फबाट १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
२०८३ साल भदौ १० गते भोटेकोसी नदिमा आएको बाढीमा परेर ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति रिद्धी सिद्धि र सौर्य सिमेन्ट परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को यो कठिन समयमा रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवार प्रभावित नागरिक र सरकारको साथमा रहेको जनाएको छ ।
यो कठिन समयमा बाढी प्रभावित नागरिकको सेवार्थ खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्यकर्मी लगायत सबै सहयोगी हातहरूप्रति रिद्धी सिद्धि र सौर्य सिमेन्ट परिवारले हार्दिक सम्मान तथा आभार व्यक्त गरेको छ ।

