रसुवा बाढी प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल
काठमाडौँ । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघ (CNI) ले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्न निजी क्षेत्रलाई अपिल गरेको छ ।
परिसंघले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विपद् प्रभावितलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन तथा पुनर्निर्माण र अन्य आवश्यक काममा सहयोग पुर्याउन परिसंघले Disaster Response Committee गठन गरी राहत सामग्री संकलन तथा हस्तान्तरणको काम अघि बढाएको जनाएको छ ।
परिसंघले आफ्ना सदस्य संस्था, उद्यमी–व्यवसायी तथा व्यावसायिक संघसंस्थालाई सरकार र समुदायसँग सहकार्य गर्दै राहत तथा पुनःस्थापनामा सक्दो योगदान गर्न आग्रह गरेको छ ।
त्यसैगरी, प्रभावित नागरिकको राहत, उपचार तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन नेपाल सरकारसँग परिसंघले अनुरोध गरेको छ ।
यस कठिन समयमा सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनस्र्थापनाको काममा सक्दो योगदान गर्न सम्पूर्ण सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई परिसंघले अपिल गरेको छ ।
साथै, प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष परिसंघले हार्दिक अनुरोध गरेको छ ।


