एलपी ग्यास उद्योग संघद्वारा रसुवा बाढी प्रभावितलाई १०० सिलिन्डर ग्यास सहयोग
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप एलपी ग्यास उद्योग संघ नेपालले १४.२ केजी क्षमताका १०० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराएको छ ।
संघले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको दैनिक जीवनमा केही राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको जनाएको छ ।
संघका अनुसार राहतस्वरूप उपलब्ध गराइएका भरिएका सिलिन्डरहरू जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय, रसुवालाई हस्तान्तरण गरिएको हो ।
सहयोग प्राप्त भएको अभिलेख संस्थागत प्रयोजनका लागि उपलब्ध गराइदिनसमेत संघले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।



