एभरेष्ट बैंकको एनआरएन बचत खातामा ५० प्रतिशत छुट |
काठमाडौं । एभरेष्ट बैंकको एनआरएन बचत खातामा ५० प्रतिशत छुट हुने भएको छ । यसका लागि एभरेष्ट बैंकमा खाता खोल्ने एनआरएलाई विशेष सुविधा पुर्याउने उद्देश्यले एनआरएनएसँग एमओयूमा हस्ताक्षर भएको छ ।
एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्र कुमार नेगीले सम्झौता पत्रमा हस्तााक्षर गरेका छन् ।
एनआरएन बचत खातामा निशुल्क एटीएम, इन्टरनेटरमोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुट दिने बताएको छ ।
बैंकले हाल आफ्ना ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटीएम तथा बृहत बाह्य सन्जालमार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।



