मुक्तिनाथ विकास बैंकको नाडा शो लक्षित विशेष अटो लोन, ५.५४ प्रतिशत ब्याजदरमै ऋण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन लिन सक्नेछन् ।
बैंकले ‘बेस रेट + ० प्रतिशत’को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ । नाडा अटो शो २०२६ लाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ । उक्त अवधिपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसबाट ग्राहकलाई आफ्नो रोजाइको सवारीसाधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।
बैंकका अनुसार अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध हुनेछ । नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।


