भदौ १८ गते घोषणा हुने २३औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२ को मनोनयन सार्वजनिक
भोटिङ पार्टनरको रुपमा ‘Khalti By IME
नेपाल खेलकुद पत्रकार मञ्चले आउँदो भदौ १८ गतेको लागि घोषणा गरेको २३औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२’ को तयारी तिव्र गतिमा भईरहेको छ । स्पोर्टस अवार्डको लागि आज पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ। साथै भोटिङ पार्टनरको रुपमा ‘Khalti By IME’ संग सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाली खेलकुदलाई उच्च स्थानमा पुऱ्याउने खेलाडी, प्रशिक्षक र खेलकमर्मीलाई सम्मान र पुरस्कृत गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड नेपालको सर्वाधिक प्रतिष्ठित खेलकुद उत्सव हो । यो अवार्डमा मुख्यतः अघिल्लो वर्षभरको प्रदर्शनका आधारमा विजेता घोषणा गरिन्छ । यस वर्ष पनि २०८२ सालभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र तिनलाई सफलतासम्म डोऱ्याउने प्रशिक्षकहरूको सफलतामा आधारित भएर अवार्ड प्रदान गरिनेछ ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२ मा ९ विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्ष खेलाडी प्ररुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियत स्पोर्टस जर्नालिस्ट अवार्ड रहेको छ ।

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएसँगै आम जनमतबाट विजेता चयन गर्नुपर्ने भएकाले अवार्डको झन्डै १५ दिन अगाडि मनोनयन सार्वजनिक गरिएको हो ।
मनोनयनमा परेका खेलाडीले नेपाली खेलकुद वृत्तमा थप चर्चा पाऊन् भन्ने उद्देश्यले अगाडि नै मनोनयन सार्वजनिक गर्ने प्रचलन छ। वर्षभर सफलता पाएर चर्चामा रहेका र सफलताका बावजुद ओझेलमा परेका खेलाडीलाई मनोनयनमा समेटेको छ ।
यस पटक पिपल्स च्वाइस २०८२ को मनोनयनमा पर्न सफल खेलाडीहरुः
१. मीना सुनार (भलिबल)
२. पूजा राना (फुटबल)
३. सानुमाया थिङ (कराते)
४. शेर मल्ल (क्रिकेट)
५. रवीन्द्र ढाँट (मिक्स मार्सल आर्टस, एमएमए)
मीना सुनार (भलिबल)
उदीयमान महिला भलिबल खेलाडी, शक्तिशाली स्पाइकर
काभा महिला च्याम्पियनसिपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन
काभा महिला क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबबाट तेस्रो
एभरेस्ट भलिबल क्लब, बुटबलकी कप्तान
-काभा यु-१९ महिला भलिबल च्याम्पियनसिप, श्रीलंका- उपविजेता
-काभा महिला यु-२० च्याम्पियनसिप, माल्दिभ्स तेस्रो
पूजा राना (फुटबल)
एसियन कप छनोट उज्बेकिस्तानमा उच्च प्रदर्शन
विदेशमा व्यावसायिक लिगमा प्रभावशाली प्रदर्शन
भुटान (ट्रान्सफर युनाइटेड) र बंगलादेश (फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमी) सँग आबद्ध
सानुमाया चिड (कराते)
विश्व कराते च्याम्पियनसिप (कायरो, इजिप्ट), एकल कातामा सहभागिता (छनोट चरण पार गरेर
खेल्न सफल)
२१औं एसियन कराते च्याम्पियनसिप (कांस्य पदकलाई प्रतिस्पर्धा)
दक्षिण एसियाली कराते च्याम्पियनसिप (टिम काता स्वर्ण, एकल काता रजत।
यूकेकेसी बान अल्टिमेट काता र कुमिते च्यालेन्जमा स्वर्ण
शेर मल्ल (क्रिकेट)
आइसिसी टी-२० विश्वकप डेव्यु खेलमै पहिलो बलमै विकेट लिन सफल
मलेसियामा एसियन गेम्स क्वालिफायरमा हङकङसँग ४ विकेट र मलेसियासँग ३ विकेट लिन सफल
– नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो दुवै सिजनमा च्याम्पियन टोलीको महत्वपूर्ण सदस्य । पहिलो
सिजनमा जनकपुर बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका
एनपीएलका १० खेलमा १७ विकेट लिन सफल ।
– उनको कप्तानीमा सुदूरपश्चिम प्रदेश गत सिजन प्रधानमन्त्री कप (एकदिवसीय फरम्याट) मा
फाइनल पुग्न सफल ।
रवीन्द्र ढाँट (मिक्स मार्सल आर्टस)
‘बझाङका बाघ’ भनेर चर्चित एमएमए फाइटर
गत वर्ष म्याट्रिक्स फाइट नाइट १७ बेन्टमवेट च्याम्पियन ।
एसिया प्यासिफिक रिजनको २०५औं वरीयता प्राप्त


