कृषि विकास बैंकको नाफा २ अर्ब ६३ करोड, प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ
काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ६३ करोड ६ लाख खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आव २०८१/८२ को तुलनामा २९.५१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशत घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको कुल सञ्चालन आम्दानी ४.१५ प्रतिशतले घटेर ११ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ७० करोड ३० लाख रुपैयाँ रहेको थियो ।
बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन १८.३६ प्रतिशत बढेर ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकको कर्जा लगानी १६.२३ प्रतिशत बढेर २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ खर्ब १२ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको सञ्चालन नाफा ३ अर्ब ९४ करोड ३५ लाख ९० हजार रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन मुनाफा २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ६.५४ प्रतिशत रहेको छ ।
१४ अर्ब ३० करोड ५५ लाख १९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ९० करोड ५९ लाख १० हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी घटेर १६.११ रुपैयाँ, खराब कर्जा ४.०७ प्रतिशत, प्रतिसेयर नेटवर्थ २३१.७१ रुपैयाँ रहेको छ ।

