एनआईसी एशिया बैंकद्वारा बालकोटस्थित बाल विनायक आधारभूत विद्यालयमा सहयोग
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोट, भक्तपुरस्थित श्री बाल विनाय आधारभूत विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ ल्यापटप र डेस्कटप कप्युटर प्रदान गरेको छ ।
हाल १७० भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ २२ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्का र बैंकका काठमाडौं पूर्वका सर्कल हेड गणेश पौडेलले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष जनार्दन खड्का र विद्यालयका प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्तरुपमा एक थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गर्नुभयो ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न तथा सूचना प्रविधी क्षेत्रमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


