सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । असार २१ गते, आईतबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य सामान्य घटेको छ। यस दिन सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रबार सुन तोलामा दुई लाख ९० हजार ७०० सय रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी तोलाको चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी तोलामा चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।


