अग्रज व्यक्तित्वहरूको सम्मान स्वरुप स्व.लालबहादुर खातीको सालिक अनावरण
सिन्धुपाल्चोक । असार १४ गते चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा गाउँका अग्रज तथा ख्यातिप्राप्त पुर्खाहरूको सम्झनामा सालिक स्थापना तथा अनावरण कार्यक्रम गरिएको छ। स्व लालबहादुर खातीको सालिक अनाबरण गरेर उक्त कार्यको शुभारम्भ गरिएको हो ।
राष्ट्रीय बृक्ष रोपण दिबशको अबशर पारेर जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तरगत कार्यक्रमका अबशरमा सालिक अनाबरण गरिएको हो ।स्थानीय समाजसेवी नेत्रबहादुर बस्नेतको विशेष पहल सक्रियता र समन्वयमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष उद्वव नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। यस्तै डिभीजनल बन अधिकृत ओम सागर भण्डारी ’जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान’ का संयोजक गोविन्द चौलागाईं, नेपाल बार एसोसिएसन जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्रबहादुर तामाङ लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा गाउँको इतिहास, संस्कृति र पहिचानलाई भावी पुस्तासम्म जीवित राख्ने उद्देश्यले गाउँका अग्रज तथा ख्यातिप्राप्त व्यक्तित्वहरूको योगदान स्मरण गरिएको थियो।
विगतमा गाउँमा पहिलोपटक बसोबास गर्ने, पहिलो पण्डित बन्ने, वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने तथा समाज निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको परिचय र योगदानलाई अभिलेखीकरण गर्दै उनीहरूको सम्झनामा सालिक स्थापना गरिएको अभियान्ता समाज सेबी नेत्र बहादुर बस्नेतले जानकारी दिनु भयो । सो अबशरमा खातीको नातीनी शोभा खातीले स्व लालबहादुर खातीले गाएको गित गाएर उपस्थितीलाइ सुनाउँनु भएको थियो भने आफ्ना पुर्खाको सम्मान गर्ने काममा स्थानीय समाज सेवी नेत्रबहादुर बस्नेत लागी पर्नु भउकोमा बिशेष धन्यबाद दिनु भयो । वक्ताहरूले इतिहास र पहिचान बोकेका अग्रजहरूको सम्मान गर्नु नयाँ पुस्तालाई आफ्नो मौलिक इतिहाससँग जोड्ने महत्वपूर्ण प्रयास भएको बताए। यस्ता कार्यले समाजमा योगदान पु¥याएका व्यक्तित्वप्रति सम्मान व्यक्त गर्नुका साथै स्थानीय इतिहास संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो।
आयोजकका अनुसार गाउँका अग्रजहरूको परिचय, योगदान र इतिहासलाई पुस्तान्तरण गर्ने अभियानको सुरुवातस्वरूप यो कार्यक्रम आयोजना गरिएको हो। आगामी दिनमा पनि यस्ता ऐतिहासिक तथा प्रेरणादायी व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै संरक्षण र सम्मानका कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।स्थानीय समाजसेवी तथा वडा नं. १४ का पूर्व वडाध्यक्ष नेत्रबहादुर बस्नेतको विशेष पहल र सक्रियतामा गाउँका अग्रज तथा ख्यातिप्राप्त व्यक्तित्व स्व. स्वाँतीको सम्मानमा सालिक स्थापना गरिएको हो।कार्यक्रममा सहभागीहरूले सालिकमा माल्यार्पण गर्दै स्वर्गीय स्वाँतीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उहाँले समाजमा पु¥याउनुभएको योगदान, इमानदार व्यक्तित्व तथा सामाजिक सेवाको चर्चा गर्दै उहाँका आदर्श र विचारलाई भावी पुस्ताले अनुसरण गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्व. लालबहादुर खातीको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले सालिक स्थापना गरिएको वडा अध्यक्ष उद्धव नेपालले बताउँनु भएको छ ।
कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा गाउँलेहरूले स्व. स्वाँतीप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँको सम्झनालाई सदैव जीवित राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानका केन्द्रीय संयोजक समाज सेबी मनोज थापा,डिभिजनल बन कार्यलयका प्रमुख ओमसागर भण्डारी लगाएत ले उँहाको सम्मान गरेकोमा खुशी व्यक्त गर्नु भयो । राष्ट्रयि बृक्षरोपणको अबशर पारेर जन्म्त्सोव पार्कमा बिभिन्न जातका बिरुवा हरु रोपीएको छ।


