बोस्निया एन्ड हर्जगोभिना पहिलो पटक नकआउट चरणमा प्रवेश
काठमाडौं । बोस्निया एन्ड हर्जगोभिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘बी’ को तेस्रो स्थानमा रहेको बोस्निया तेस्राे स्थानकाे उत्कृष्ट ८ टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
बोस्नियाले समूह चरणका तीन खेलमा एक खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो ।
सहआयोजक क्यानडासँग हेड टु हेडमा पछि पर्दा बोस्निया उपविजेता बन्नबाट बञ्चित भएको थियो ।
पहिलोपटक सहभागी भएको सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिए बोस्निया दोस्रोपटकमा नकआउट चरणमा पुग्न सफल भएको हो ।
Visited 6 times, 6 visit(s) today


