देशभर बैंक तथा वित्तीय संस्थाको शाखा ८ हजार ८ सय ५ पुग्यो | ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार
काठमाडौं । बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालेपछिको एक दशकको अवधिमा बँैक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएको छ । सो अनुसार २०७१ असारमा बैँक तथा वित्तीय संस्थाको सङ्ख्या २०४ रहेकोमा २०७५ असारमा १५१ मा झरेको छ भने केही नयाँ लघुवित्तीय संस्थाको इजाजत थपिएकोले २०७६ साउनमा १७१ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको छ । विगत चार वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या दोब्बर भई २०७६ साउनमा ८८०५ पुगेको छ ।
२०७५ असारमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ६६५० रहेको थियो । सरकारले सबै स्थानीय तहमा वाणिज्य बैँंकको कम्तीमा एक शाखा पुर्याउने नीति छ । सोअनुरुप २०७६ असारसम्म ७३९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएकोे छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालका अनुसार मङ्सिर ४ गते सम्म नेपालभर वाणिज्य बैँंकको सङ्ख्या बढेर ७४१ पुगेको छ ।



