वातावरण दिवसमा सिद्धार्थको प्रभातफेरी |
काठमाडौं (आपास) । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा मङ्गलवार प्रभातफेरीका साथ अन्य विभिन्न कार्यक्रम आयोजना गर्यो । महानगरीय प्रहरी वृत्त दरबारमार्गको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा बैंकले काठमाडौंलाई सफा, स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत कान्तिपथ, दरबारमार्ग, रत्नपार्क, जमल र असनलगायत स्थानमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रमसमेत गरेको थियो ।