सुनको मूल्य घट्यो, चाँदीकाे बढ्यो
काठमाडौं । जेठ १३ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीकाे मूल्य बढेको छ। यसदिन सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिदबिक्री भएको थियो।


