कतार एयरक्राफ्ट केटरिङ कम्पनीलाई खाद्य व्यवस्थापन सम्बन्धी विश्वकै पहिलो उत्कृष्ट सम्मान |
दोहा– कतार । एयरक्राफ्ट केटरिङ कम्पनी (क्यु.ए.सी.सी.) यु.के.ए.एस मान्यताको ब्युरो भेरिटासको आईएसओ २२०००ः२०१८ द्वारा सम्मानित पहिलो संगठन बन्न सफल भएको छ ।
यससँगै क्यु.ए.सी.सी. को खाद्य सुरक्षा व्यवस्थापन प्रणाली सर्वोच्च गुणस्तरको भएको पुष्टि भएको छ ।
क्यु.ए.सी.सी. ले यसअघि आई.एस.ओ २२०००ः२००५ मापदण्ड प्राप्त गरेको थियो र ब्युरो भेरिटाससँग कार्यरत रही विगत ११ महिनादेखि मापदण्ड अनुरुपको काम सुनिश्चित गर्न प्रयासरत थियो ।



