याङ्गो राइडमा ‘भेरिफाइड यात्रु प्रोफाइल’ सुविधा सुरु
काठमाडौँ । याङ्गो राइडले चालक र यात्रुबीच विश्वास तथा सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले नयाँ ‘कम्प्लिटेड प्यासेन्जर प्रोफाइल ब्याज’ सुविधा सार्वजनिक गरेको छ । अब यात्रुले आफ्नो प्रोफाइल पूर्ण रूपमा अद्यावधिक गरेपछि प्राप्त हुने भेरिफाइड ब्याज चालकले राइड स्वीकार गर्नुअघि नै देख्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त सुविधाले चालकलाई यात्रुबारे थप विश्वस्त बन्न सहयोग गर्नेछ । प्रारम्भिक सर्वेक्षणमा अधिकांश चालकहरूले भेरिफाइड ब्याज भएका यात्रुको राइड स्वीकार गर्दा आफूलाई बढी सुरक्षित महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
यात्रुका लागि पनि प्रोफाइल पूरा गर्ने प्रक्रिया सहज बनाइएको कम्पनीले जनाएको छ । प्रोफाइल पूर्ण गरेपछि यात्रुहरूले प्लेटफर्ममा विश्वसनीय यात्रुको रूपमा विशेष ब्याज प्राप्त गर्नेछन् ।


