ट्रिप टर्बो र अगोडा बीच रणनीतिक साझेदारीले नेपालीयात्रुहरूका लागि अब अन्तर्राष्ट्रिय होटल बुकिङ अझ सहज
ललितपुर । नेपालको सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप Trip Turbo ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडा (Agoda) सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। यस सहकार्यसँगै नेपाली यात्रुहरूले अब विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा सहज रूपमा बुक गर्न सक्नेछन् ।
यस साझेदारी मार्फत Trip Turbo प्रयोगकर्ताहरूले Agoda को विश्वव्यापी होटल नेटवर्कमा पहुँच पाउनेछन्, जहाँ विश्वभरका लाखौं होटल तथा आवास सेवाहरू उपलब्ध छन् । Agoda को अन्तर्राष्ट्रिय पहुँच र Trip Turbo को नेपाली बजारप्रतिको गहिरो बुझाइलाई संयोजन गर्दै यात्रुहरूलाई सहज, सुरक्षित तथा विश्वासिलो बुकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
हालका वर्षहरूमा नेपालीहरूको अन्तर्राष्ट्रिय यात्राप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको सन्दर्भमा यो सहकार्यलाई नेपालको डिजिटल ट्राभल क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । अब प्रयोगकर्ताहरूले एउटै प्लेटफर्मबाट घरेलु तथा अन्तर्राष्ट्रिय यात्रा सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।


