मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड २०१९ |
काठमाडौं– मारुती सिमेन्ट एन.एस क्वालिटी अवार्ड २०१९ (NS:49/Marked Ordinary Portland Cement) द्वारा सम्मानित भएको छ ।
यसअघि कम्पनीले क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएस र आईएसओ ९००१ː२०१५ (NS/ISO 9001:2015) र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी. सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस र आईएसओ १४००१ː२०१५ (NS/ISO 14001ː2015) द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको थियो ।
यी सम्मानहरुसँगै मारुती सिमेन्ट नेपालकै सर्वा्धिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ ।सम्मान ग्रहण गरे लगत्तै कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरु भएको बताए ।
साथै, कम्पनीको तर्फबाट आभार व्यक्त गर्दै उनले आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्य्दिशामा सदैव अग्रसर रहिरहने बताए ।
मारुती सिमेन्ट आज भन्दा एक दशक अगाडि नेपाली सिमेन्ट जगतमा एउटा महानायकको भूमिका निर्वाह गर्दै नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।
पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपीसी सिमेन्ट–मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।


