सिद्धार्थ इक्विटी फण्ड–२ को बिक्री अवधि थप
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा प्रवद्र्धित ‘सिद्धार्थ इक्विटी फण्ड २’ को इकाई बिक्री अवधि थप गरिएको छ। प्रारम्भिक अवधिमा अपेक्षित आवेदन नपरेपछि फण्डको सार्वजनिक निष्काशन तथा बिक्री अवधि आगामी जेठ ४ गतेसम्म लम्ब्याइएको हो।
कम्पनीले वैशाख २१ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री खुला गरेको थियो। प्रारम्भिक तालिकाअनुसार वैशाख २४ गतेभित्र बिक्री बन्द गर्ने योजना रहे पनि आवश्यक माग नआएकाले अब जेठ ४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको जनाएको छ।
फण्डको कुल १० करोड इकाईमध्ये १ करोड ५० लाख इकाई अर्थात १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार यदि निर्धारित समयअगावै मागभन्दा बढी आवेदन परेमा कुनै पनि दिन सूचना प्रकाशित गरेर निष्काशन बन्द गर्न सकिनेछ।


